गोरखामा छिमेकीको ढुंगा हानेर हत्या, गाजले भन्ने सन्तोष पक्राउ
गोरखा | माघ २३, २०८०
गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाले छिमेकीको ढुंगा हानेर हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ६ मुसेखोलाका ३५ वर्षीय सन्तोष नेपाली रहेका छन् ।
उनले गत आइतबार बेलुकी करिब साढे ६ बजे सोही स्थानकै ४७ वर्षीय इन्द्र बहादुर बिकलाई ढुंगा प्रहार गरी हत्या गरी फरार थिए ।
त्यसपछि खोजी गर्ने क्रममा सोही राती गोरखा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो ।
अहिले नेपालीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।
काठमाडौँ: नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

